धरान : झापाको रतुवा पुल नजिकै भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आज बिहान धरानबाट इलाम ज्यादै गरेको मे १ ज २००४ नम्बर को टाटा सुमोले साइकल यात्री झापाको कमल गाउँपालिका ६ बस्ने ५३ वर्षीय झुलनाथ खनाल लाई ठक्कर दिएर गभ्भिर घाइते भएका थिए । उनको दमक स्थित लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको दमक प्रहरीले जानकारी दिएको छ ।

टाटा सुमो र चालकलाई ट्राफिक प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको झापाबाट कपुरी सहकर्मी सुदिप अधिकारीले जानकारी दिएका छन् ।