धरान : सुनसरीको दुहबी १२  बस्ने ५२ बर्षीय रामफल माझीको स्कुटर दुर्घटनाबाट मृत्यु भएको छ ।

हिजो बेलुका सवा ६ बजे बिराटनगरल ४ कंचनबारीमा को १ क २८७८ नम्बरको मिनी ट्रकले को ३१ प २३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक माझी गम्भीर घाइते भएका थिए ।

घाइते माझीको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक मोरङ बुढीगंगाका ३८ वर्षीय प्रेम न्यौपाने प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।