धरान : झापाको मेचीनगर नगरपालिका ६ स्थित सीमा एरियाबाट लागु औषध खैरोहेरोइन सहित एक महिला पक्राउ परेकी छिन ।

पक्राउ पर्नेमा मेचीनगर १ बस्ने ३१ बर्षीया हेमा गणेश रहेकी छन् । उनलाई हिजो ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

विशेष सुराकका आधारमा नियन्त्रणमा लिई उनलाई चेक जाँच गर्दा २८ ग्राम खैरोहेरोइन ब्राउनसुगर फेला पारी बरामद गरिएको हो । उनलाई कानुनी कारबाही अगाडी बढाइएको छ ।