धरान : उदयपुरमा विप्लव समूहकामा रहेको आशङ्का गरिएका २ जनाले आफूहरू विप्लव समूहमा नरहेको विज्ञप्ति जारी गरी स्पष्ट पारेका छन् ।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा बम विष्फोट लगायतका घटनामा प्रहरी प्रशासनले बिनाकारण आफूहरूलाई दुःख दिएको भन्दै उनीहरूले विज्ञप्ति सार्वजनिक गरेका हुन् ।

हिजो ताप्ली गाउँपालिका – ५ का ६७ वर्षीय गौरबहादुर देवकोटा र ताप्ली गाउँपालिका १ पिपल भन्ज्याङकी ३० वर्षीय पबिता रपालले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफूहरू कुनै पनि राजनैतिक पार्टी समूहमा नरहेको स्पष्ट पारेका हुन् ।

देवकोटा र रपाललाई ताप्ली गाउँपालिकाको कार्यालयमा गत मङ्सिर ७ गते बम विस्फोट गराएको आशङ्कामा पक्राउ समेत गरिएको थियो । अनुसन्धानका लागी देवकोटा र रपाललाई मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले पक्राउ गरेको थियो ।

विज्ञप्तिमा दुबैजनाले आफूहरू २ वर्ष अघि देखिनै सो पार्टीको कुनै पनि जिम्मेवारीमा नरहेको र सर्वतन्त्रपूर्वक जीवन बिताइरहेको उल्लेख गरेका छन् ।