धरान : सुनसरी प्रहरीले अवैध सुर्ती जन्य पदार्थ र प्रतिवन्धीत मुग्री माछा बरामद गरेको छ ।

गए राति १ बजे इटहरी उपमहानगरपालिका वडा नं. ५ कलङ्की मोड नजिक को १ ख ६८९० नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले चेक जाँच गर्दा भन्सार छली गरी सुर्तीजन्य बस्तु बरामद गरिएको हो ।

भारतबाट चोरी पैठारी गरी भन्सार छली ल्याएको सुर्ती जन्य पदार्थ खैनी फेला पारी उक्त सुर्ती जन्य पदार्थ खैनी र गाडी बरामद गरी उक्त खैनी ओसार पसार गर्ने गाडी चालक मोरङको सुन्दर हरैचा ९ बस्ने वर्ष २३ को सैयद आलम सोही गाडीमा सवार सामान लिई आएका जिल्ला कोशी गाउँपालिका ५ बस्ने वर्ष ३३ को महबुव आलम र सोही स्थान बस्ने वर्ष ३४ को सम्पत लाल कामतले चलाएको बा ३१ प २९४३ नं. को मोटरसाइकल, सो मोटरसाइकल पछाडि सवार सुर्तीजन्य पदार्थका धनी कोशी गाउँपालिका ५ बस्ने वर्ष ३६ को कैसर आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका व्यक्ति,सवारी साधनहरू, र सुर्तीजन्य बस्तु सहित आवश्यक कारवाहिको लागी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बरामद गरिएको सुर्तीजन्य बस्नुको मूल्य ५ लाख १६ हजार बराबरको रहेको बताइएको छ ।

त्यस्तै ५० हजार बरावरको प्रतिबन्धित मुङ्ग्री माछा पनि सुनसरी प्रहरीले बरामद गरेको छ ।

सुनसरीको इनरुवा ९ बाट हिजो साँझ ६ बजेको समयमा भारतमा उत्पादित तर नेपालमा प्रतिबन्धित माछा मुङ्ग्री माछा भारतीय नाका हुँदै सुनसरी इनरुवा तर्फ आउदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिइएको विशेष प्रहरी टोलीले इनरुवा ९ साम्बाला चोक नजिकबाट को ९ प ७५९४, को ३ प ५९२६, को २ प ८२४१ र को १० प ३९२१ नम्बरको मोटरसाइकल रोकी चेक९जाँच गर्न खोज्दा उक्त मोटरसाइकलमा लोड गरिएको भारतीय बजारबाट ल्याइएको १२ थान बोईलर कुखुरा सहित भारतमा उत्पादित २ सय केजी बजार मूल्य ५० हजार पर्ने मुङ्ग्री माछा छाडी मानिस भागेका थिए ।

उक्त बोईलर कुखुरा र नेपालमा प्रतिबन्धित माछा मुङ्ग्री माछा भेटनरी अस्पताल तथा पशु पंक्षी सेवा बिज्ञ केन्द्र सुनसरीका भेटनरी अधिकृत लगायतको उपस्थितीमा खाडल खनि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकलहरु आवश्यक कारर्बाहीको लागी सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाइएको पनि प्रहरीले जनाएको छ ।