धरान : मोरङको रंगेली ८ दर्बैसाबाट दुई जना भारतिय नागरिक १७ हजार ७ सय रुपैया भारतिय नक्कली नोट सहित पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शिवरन्जन सिंह रहेका छन । विआर ३८ एन ०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाइ शुक्रबार बेलुका सवा ७ बजे ईलाका प्रहरी कार्यालय रंगेलीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु माथि चेकजाँच गर्दा भारतिय नक्कली नोट २ सय दरको १७ थान र १ सय दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

यसरी नक्कली भारतिय रुपैया सहित पक्राउ परेका उनिहरु माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।