विराटनगर : प्रदेश १ मा आज १३ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा ५, मोरङमा ४, धनकुटामा ३ र सोलुखुम्बुमा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ५, मोरङको कानेपोखरीमा ३, बुडीगंगामा १, धनकुटाको धनकुटा नगरपालिका र सोलुखुम्बुमा १ जनामा सङ्क्रमण देखिएको हो । हालसम्म संक्रमित हुनेको सङ्ख्या २९ हजार ६२७ पुगेको छ ।

प्रदेश १ मा आज १६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ८९३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १३९ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आइसोलेसनका रहेका छन् । हालसम्म २६ हजार ८४९ जना सङ्क्रमणमुक्त भएका छन् ।