धरान : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव आज पेस हुने भएको छ ।

नेकपाका प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको हो। आज मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रहाङ आङ्बोले कपुरी न्युजलाई जानकारी दिएका छन् ।

अविश्वासको प्रस्तावका लागि तयारी पुरा भएको र आज दिउसो पेस गर्ने तयारी भएको आङ्बोले बताए । आफू विरुद्ध अविश्वास प्रस्तावको तयारी गरेको भन्दै मुख्यमन्त्री राईले हिजो साँझ आङ्वोलाई बर्खास्त गरेका थिए ।

संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको आङ्बोलाई थमाइएको पत्रमा उल्लेख छ ।