धरान : प्रदेश १ का तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरूमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास रहेका छन् ।

प्रचण्ड-नेपाल पक्षधर प्रदेशसभा सदस्यहरूले आइतबार मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी स्वरूप मन्त्रीहरूले राजीनामा दिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री राईले शनिवार साँझ प्रचण्ड–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।