विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा २६१ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट २४८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ६१७ पुगेको छ ।

प्रदेश १ मा आज ६४ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा १७, सुनसरीमा ११, संखुवासभामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २०, बेलबारी र सुन्दरहरैचामा २-२, कानेपोखरी, रंगेली, धनपालथान र ग्रामथानमा १-१, झापाको अर्जुनधारामा ४, दमक, विर्तामोड र कनकाईमा ३-३, भद्रपुरमा २, गौरादह र बुद्धशान्तिमा १-१, सुनसरीको धरानमा ६, इटहरी र बर्जुमा २-२, भोक्राहानरसिंहमा १, संखुवासभाको खाँदबारीमा ३, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ६९९ पुगेको छ ।

प्रदेश १ मा आज ७०१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२ महिला र ४२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ७ हजार ७३७ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।