विराटनगर : प्रदेश १ को सामाजिक विकास मन्त्री हिकमतकुमार कार्कीले पदभार ग्रहण गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले सामाजिक विकास मन्त्रीको थप जिम्मेवारी पाएपछि आज पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका २०७७ बमोजिम प्रादेशिक एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल व्यवस्थापन समिति गठन सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

मन्त्री कार्कीलाई मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, महाशाखा प्रमुख, कर्मचारीहरूले स्वागत गरेका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले आइतबार पदबाट राजीनामा दिएका थिए । उनको हिजै मन्त्रालयले बिदाइ गरेको थियो ।