झापा : झापाको बिर्तामोड ३ स्थित बिर्ताबजार नजिकै एक मोटर ग्यारेजमा अहिले आगलागी भइरहेको छ ।

उमेश शाहले सञ्चालन गरेको ग्यालेक्सी मोटर्समा आगो लागेको हो ।

स्थानीयवासी, प्रहरी र बिर्तामोड, भद्रपुर लगायतका स्थानबाट अहिले ४ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।