धरान : उदयपुर प्रहरीले कम्मरमा लागु औषध बाँधेर लागु औषध ओसार पसार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार कम्मरमा पेटी जस्तै गरेर लागु औषध बाधेका पवन चौधरीलाई लागु औषध सहित पक्राउ गरेको छ ।

सिराहा नवराजपुर नगरपालिका वडा न। ६ भगवतीपुर तामासुइया बस्ने २४ वर्षीय पवनले काटुनलाई टेपले टाँसेर कम्मरमा पेटी जस्तो बनाएर लगाएको पेटी प्रहरीले शङ्का लागि चेक गर्दा लागु औषध बरामद गरेको थियो ।

कम्मरमामा नरर्फिन २३ एम्पुल, प्रोमेथाजिन २३ एम्पुल, डाइजेल्याव २३ एम्पुल गरी जम्मा ६९ एम्पुल फेला परेको उदयपुरका प्रहरी प्रमुख एसपी भीम दाहालले जानकारी दिए ।

दाहालका अनुसार पवनले भारतको वीरपुरबाट लागु औषध खरिद गरेर सिराहा र उदयपुरमा लागु औषधको डिलर सञ्चालन गरी बिक्री वितरण गर्ने गरेको खुलेको छ ।