धरान : झापाको शिवसताक्षी नगरपालिका १० मा आज बिहान राती १ बजे भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कँदै गरेका को २ च १५८२ नम्बरको पिकअपका चालक, केराबारी गाउँपालिका ८ मोरङका ४६ वर्षीय भोजराज आचार्यलाई ठक्कर दिँदा घाइते भएका आचार्यको बिर्तामोडको बि.एन्ड.सी. अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।