विराटनगर :  पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५३ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट २४६, कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराट मेडिकल कलेजबाट १-१ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार ८७० पुगेको छ । प्रदेश १ मा आज ३० जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा १५, झापा र सुनसरीमा ४-४ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा ५, केराबारीमा ४, बुढीगंगामा ३, बेलबारी, मिक्लाजुङ र उर्लाबारीमा १-१, झापाको मेचीनगरमा २, दमक र विर्तामोडमा १-१, सुनसरीको इटहरीमा ४ र प्रदेश १ बाहिरका ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म संक्रमित हुनेको संख्या २९ हजार ७२९ पुगेको छ ।

प्रदेश १ मा आज ४२१ जनाको पीसीआर परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये १२ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म २ लाख ८ हजार १५८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।