इटहरी : रानी-विराटनगर-इटहरी-धरान सडक अन्तरगत ६ लेन सडकभित्र पर्ने संरचना हटाउन इटहरी उपमहानगरपालिकाले निर्देशन दिएको छ । 

मेयर द्वारीकलाल चौधरीको कार्यकक्षमा मङ्गलवार बसेको सरोकारवाला निकायहरूको बैठकले अस्थायी तथा स्थायी संरचना हटाउन निर्देशन गरेको हो ।

यस अघि नै कान्तिपुर दैनिक र नयाँ पत्रीका दैनिकमा सूचना प्रकाशित गरिसकिएको भए पनि अझैसम्म संरचना यावत रहेकोले नयाँ मिति तोक्ने निर्णय भएको मेयर चौधरीले बताए ।

प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख तथा वडाध्यक्षहरू सम्मीलित बैठकले इटहरी उपमहानगरपालिका भित्र ६ लेन सडक बिस्तारको काम ढिला भएको भन्दै संरचना हटाउन पुनः नयाँ सूचना जारी गर्ने निर्णय गरेको हो । केही दिनमै नयाँ सूचना प्रकाशित गरी मिति तोकिने भएको छ ।

हाल विराटनगर लाइनको पश्चिम पट्टीको क्षेत्रमा संरचना यावत रहँदा काम अगाडी बढ्न सकेको छैन । ८२ फिट कि ५५ फिट भन्नेमा विवाद हुँदा अझैसम्म काम अगाडी बढ्न नसकेको हो ।

विगतमा ८२ फिट कायम गर्ने भन्दै इटहरीका युवाहरूले आन्दोलन नै गरेका थिए । तर आयोजनाले कुनै स्थायी संरचना नहटाई काम गर्न ठेक्का दिएको थियो ।

हाल विराटनगर लाइनमा रहेका संरचना यावत अवस्थामा रहेकोले सडक बिस्तारको काम अवरुद्ध भएको छ । 

Six-lean-sadak-clearance-notice-2