धरान : विगत एक महिनादेखि मस्तिष्क पक्षघात भई नोबेल अस्पताल विराटनगरमा उपचार गराइरहेका सञ्चारकर्मी दिलीप रिनोहङलाई होराईजन क्लब धरानले आर्थिक सहयोग गरेको छ ।

होराईजन क्लब धरानका अध्यक्ष वसन्त राईले सोमबार क्लबले नगद ९ हजार रुपैयाँ प्रेस युनियन समन्वय समिति धरानका अध्यक्ष सुक्रान्त राईलाई हस्तान्तरण गरेका हुन् ।

उच्च रक्तचापको कारण मस्तिष्क पक्षघात भई उपचार गराइरहेका सञ्चारकर्मी रिनोहङका लागि थप उपचारमा सहयोग पुग्ने उद्देश्यले क्लबका सदस्यबाट उक्त रकम जुटाएर हस्तान्तरण गरिएको क्लबका अध्यक्ष राईले जानकारी दिए ।

रिनोहङ नेपाल प्रेस युनियन धरानका कोषाध्यक्ष हुन् । उनको पारिवारीक स्रोतका अनुसार राईको उपचारमा १० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।