विराटनगर : प्रदेश १ मा आज ३१७ जनाको पिसिआर परीक्षण गर्दा २६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङ र सुनसरीमा ६–६, झापा र धनकुटामा ४–४, खोटाङमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २, सुन्दरहरैचा, कानेपोखरी, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरानमा ३, इटहरीमा २ र रामधुनीमा १, झापाको कनकाईमा २, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको सिदिङ्वामा १ र प्रदेश १ बाहिरका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमित हुनेको सङ्ख्या २९ हजार ७५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २४० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार १८० पुगेको छ ।