धरान : विगतका वर्षहरूमा धूमधामले मनाइने किरातीहरुको मौलिक पर्व उधौली र चासोक तङ्नम यस पटक एक दिन र औपचारिकतामै सीमित बन्न पुग्यो ।

धरानमा चासोक तङ्नाम ५ दिन देखि एक साता सम्म मनाइने गरिन्थ्यो । तर यस पटक कोरोना महामारीको कारण एक दिन र औपचारिक पुजाआजमानै सकिएको छ ।Chasok-2

धरान १५ चुम्लुङ हिममा साता दिन सम्म मनाइने चासोक तङ्नाम धरानमा बसोबास गर्ने लिम्बुहरूले आफ्नो खेत बारीमा पाकेको पहिलो अन्नबाली आफ्नो इष्ट देवता तागेरा निङ्वाफुमाङलाई चढाएर मात्रै खान हुन्छ भन्ने मान्यता अनुसार चासोक न्वागी पूजा मात्रै गरेर औपचारिकतामा मात्रै सीमित भएर मनाएको किरात याक्थुङ चुम्लुङ सुनसरीका उपाध्यक्ष स्वर्णिमहाङ फोम्बोले बताए ।

चुम्लुङ हिम परिसरमा फेदाङबाबाट चासोक गरी सामान्य धान नाच, केलाङ सँगै विजयपुरमा रहेको हाङयुक्ना दरबारमा पूजा र सरसफाई गर्दै चासोक तङ्नाम सकिएको फोम्बोले बताए ।

Udhauli

यसै गरी उता किरात राई यायोक्खाले पनि औपचारिकतामा मात्रै सीमित राखेर उधौली पर्व मनाएको जनाएको छ । अन्य किरात जन्य सङ्घ सङ्गठनहरूले पनि औपचारिकता मात्रै सीमित गरेर उधौली पर्व मनाएको जनकारी दिएका छन् ।

Chasok

गुरुङ जातिको तमु ल्होसार पर्व पनि आजै परेको थियो । गुरुङ जातिको मातृ संस्था तमु छोज धिले पनि ल्होसार औपचारिकतामा मात्रै सीमित राखेर मनाएको छ । यता नेवार समुदायले मनाउने यमरी पुन्हिको अवसरमा मनाइने यमरी भने दुई दिने कार्यक्रमको आयोजना गरी मनाउदैछ ।

३१६ औँ सिरिजंगा जन्म जयन्ती मनाइयो

किरात लिपिका पुर्नउत्थपक सिरिजंगा सिंथेवेको ३१६ औँ जन्म जयन्ती आज धरनमा मनाइएको छ ।

धरान प्रवेश गर्ने मुख्य थलो तिन कुनेमा रहेको सिरिजंगाको पुणकदको सालिकमा माल्यार्पण गरी सिरिजंगा जन्म जयन्ती मनाइएको हो ।