विराटनगर :  प्रदेश १ मा २२५ जनाको पिसिआर परीक्षण गर्दा आज २० जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १३, झापामा ४, सुनसरी, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको कटहरी र विराटनगरमा ३–३, बुढीगंगा र गौरादहमा २–२, ग्रामथानमा १ र स्थानीय तह नखुलेका २, झापाको शिवसताक्षीमा २, अर्जुनधारा र विर्तामोडमा १–१, सुनसरीको इटहरी, खोटाङको खोटेहाङ र प्रदेश १ बाहिरका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ७७५ पुगेको छ ।

प्रदेश १ मा आज २२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ८ हजार ६६३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार २८६ पुगेको छ ।