धरान : मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।

बुधवार मोरङको विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उदयपुरको त्रियुगा नगरपालिका-२ का २१ वर्षीय सुरेन्द्र बस्नेत र १७ वर्षीय अनीश अधिकारी लागुऔषध सहित पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट प्रहरीले एभील १ एम्पुल, लुपिजेसिक १ एम्पुल, डाईजोल्याव १ एम्पुल र नाईट्रोभेट १०५ ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका ४ डागीवारीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार राती १० बजे भद्रपुर नगरपालिका-५ का २५ वर्षीय अर्जुन हल्दार र ३३ वर्षीय मुस्तेक सेकलाई लागू औषध सहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले लागुऔषध कोरेक्स १ बोतल र नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।