झापा : झापाको गौरादह नगरपालिका २ बाट मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ परेका छन् ।

गत मङ्गलवार राती साँढे १२ बजे दमक नगरपालिका ७ मा रहेको एडभान्स अस्पताल परिसरबाट प्रदेश १–०२–०४३ प ६८७७ नम्बरको पल्सर मोटरसाइकल हराएको भनी जानकारी पाए लगत्तै खोजतलासमा खटिएको प्रहरी टोलीले सोही दिन बेलुका ७ बजे गौरादह नगरपालिका ७ को एक घरबाट चोरी भएको मोटरसईकल फेला पारेको थियो ।

मोटरसाइकल फेला परेसँगै चोरीमा संग्लग्नहरुको खोजतलास गर्ने क्रममा चोरीमा संलग्न रहेका गौराहद नगरपालिका २ का २४ वर्षीय मोहन प्रसाद ताजपुरिया र २९ वर्षीय दीपक न्यौपानेलाई पक्राउ गरेको र उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।