झापा : झापा गाउँपालिका ६ शर्णामती बस्ने ४० बर्षीया कुमारी बराइलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ ।
शुक्रवार साढे ३ बजे शर्णामती स्थित भित्री सडक खण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदल हिँडिरहेकी कुमारीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन ।

गम्भीर घाइते भएकी कुमारीको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ वर्षीय दीपक खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।