धरान : धरान-१० को महेन्द्र कलेज नजिकै आगलागी भएको छ ।

महेन्द्र क्याम्पसको अगाडी कलेज रोडमा रहेको राजु राईले सञ्चालन गरेको एक्कवागार्ड पानी फिल्टरको पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

सटरमा अपरान्ह साढे ३ बजे आगलागी भएको थियो । आगलागी धरान उपमहानगरपालिकाको दुई वटा दमकलले नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।