विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ८६, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २८ हजार ५२५ पुगेको छ ।

प्रदेश १ मा आज ३१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १६, सुनसरीमा ८, झापामा ६ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १०, बुढीगंगामा ४, लेटाङमा २, सुनसरीको इटहरीमा ४, धरानमा २, रामधुनी र हरिनगरमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा, कनकाई, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म संक्रमतिको संख्या २९ हजार ८४३ पुगेको छ ।

प्रदेश १ मा आज ३२८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र २३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म २ लाख ९ हजार २३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।