पथरी : मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको संयोजनमा उच्च अदालत विराटनगरले ‘न्यायिक सेवा प्रवाहमा न्यायपालिका : हाम्रा बुझाई र अपेक्षाहरू’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ ।

नगरपालिका कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईले सम्बन्धित विषयमा बोल्दै सीमित श्रोत र साधनको बाबजुद न्याय सम्पादन कार्य प्रगति हुनु पर्ने बताए ।

उच्च अदालतमा हाल ७६ प्रकारका टेम्पलेट फारमहरू सेवाग्राही आफैँले भर्न सक्ने भएकाले तत्काल वकिलको आवश्यकता नपर्ने, आर्थिक विपन्न र असहायका लागि निःशुल्क कानुनी सहायता सहित अदालती शुल्क नलिने, मिलापत्रको दरखास्त निःशुल्क गर्ने, पुनरावेदनका मुद्दाहरु तारेखमा रहनु नपर्ने जस्ता प्रावधान राखिएको उनको भनाइ थियो ।

यसका साथै पेशी चढ्ने दिनको म्यासेज मोबाइलमा पठाइने, टोकन प्रणाली, मुद्दा फैसलाको डिस्प्ले बोर्ड, निःशुल्क टोल फ्रि नम्बरको व्यवस्था तथा अदालतमा उपस्थित सेवाग्राहीसँग मासिक रूपमा सेवा प्रवाह सम्बन्धी मुख्य न्यायाधिससँग अन्तरक्रिया सहितका गतिविधिले अदालतको कार्यसम्पादनमा चुस्तता प्रदान गर्दै लाने कोसिस भएको पनि बताए।

पालिकाहरूमा यस प्रकारका अन्तरक्रिया सहित कानुनी प्रावधानका बारेमा जानकारी गराउने कार्यक्रमहरू सञ्चालन गरिरहेको छन् ।

महिला, बालबालिका, ज्येष्ठ, जातीय विभेद, विधवा, माना चामल भराउने जस्ता मुद्दाहरुलाई अदालतले प्राथमिकतामा राखेको छ