विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३३ जना डिस्चार्ज भएका छन् ।

होम आईसोलेसनबाट १३०, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल र विराट अस्पतालबाट १-१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २८ हजार ६५८ पुगेको छ ।

प्रदेश १ मा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १३, सुनसरीमा ७, धनकुटामा २, पाँचथर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५, उर्लाबारी, पथरीशनिश्चरे र लेटाङमा २-२, रतुवामाई र बेलबारीमा १-१, सुनसरीको इटहरीमा ६ र कोसी गाउँपालिकामा १, धनकुटामा २, पाँचथरको फिदिम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८६९ पुगेको छ । प्रदेश १ मा आज ३५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ९ हजार ५९७ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।