धरान : मोरङका तिन छुट्टाछुट्टै स्थानहरूबाट आज दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे विराटनगर १६ बाट सुन्दरहरैचा नगरपालिका-११ का ३२ वर्षीय कुशल चौधरीलाई लुपिजेसिक ६ एम्पुल, एभिल ६ एम्पुल, डाईजेलाब ६ एम्पुल र फेनारगन ६ एम्पुल सहित पक्राउ गरेको हो ।

यसै गरी इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका २ का २४ वर्षीय अनिके राईलाई विराटनगर १६ बाट लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, डाईजेलाब ८ एम्पुल र फेनारगन ८ एम्पुल सहित आज दिउँसो १ बजे पक्राउ गरेको हो ।

यस्तै प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ का २८ वर्षीय अनीश नेपालीलाई नाईट्रोभेट ट्याब्लेट २३ पिस , आईपिपिएल ६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।