धरान : धरान उपमहानगरपालिकाले धरान डे को अवसरमा भोलि सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोलि धरान डे को अवसरमा सार्वजनिक बिदा दिने बारे धरान उपमहानगरपालिका आज कार्यवाहक नगर प्रमुखस्तरीय निर्णय गरिएको धरान उपमहानगरपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।

धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षरित सूचनामा कोभिड १९ को कारण धरान डे मा यसबर्ष वडा तहमा विभिन्न कार्यक्रम गरी मनाउने कार्यपालिका बैठकले निर्णय गरेको उल्लेख छ ।

भोलि सार्वजनिक बिदा भएकोले उपमहानगरपालिका, वडा कार्यालयहरू सबै बन्द रहनेछन् । धरान सहर स्थापना भएको सन्दर्भमा पुस २० लाई धरान डे कोरुपमा मनाइँदै आएको छ ।

Nagarpalika-suchana