धरान : झापाको हल्दीवारी गाउँपालिका ५ बस्ने ७२ बर्षिया हरिमाया बेघाको खोलाले बगाएर मृत्यु भएको छ ।

 आइतबार राती साँढे ८ बजेको समयमा स्थानीय भुतेनी खोला तर्ने क्रममा अचानक खोलाले बगाएका उनलाई दहमा मृत अवस्थामा रहेको भन्ने जानकारी पाए लगत्तै प्रहरी चौकी जलथलबाट प्रहरी टोली खटी गई घटनास्थल सुरक्षित राखेको तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।