धरान : झापाको दमक नगरपालिका ६ बेलडाँगीबाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट गस्तीमा खटिएको प्रहरी टोलीले आइतबार राती १० बजे शङ्कास्पद अवस्थामा हिँडिरहेका दमक नगरपालिका ८ का २१ वर्षीय विक्रम लम्जेल र रतुवालाई नगरपालिका ८ का २२ वर्षीय रोशन कुमार मग्रातीलाई चेक जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ३९० मिलिग्राम लागु औषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको थियो ।

लागु औषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।