धरान : धरान सहर स्थापना भएको १२० वर्ष पुगेको अवसरमा आज धरानमा 'धरान डे' विविध कार्यक्रम गरी मनाईदैछ ।

Dharan-Day-4

धरान उपमहानगरपालिकाले हिजो एक निर्णय गरी धरान उपमहानगरपालिकामा आज सार्वजनिक बिदा दिएको छ । आज बिहान धरान उपमहानगरपालिका अगाडीको खहरे खोलाको सरसफाइ गर्दै 'धरान डे' मनाएको छ ।

Dharan-Day-3

सो सरसफाइ कार्यक्रममा धरान उपमहानगरपालिकाका कर्मचारी, सशस्त्र प्रहरी, नगर प्रहरी, जनप्रतिनिधिहरू, सेवक अभियान, टिएलएओहरु लगायतको सहभागिता रहेको थियो ।

Dharan-Day-2

'धरान डे' कै अवसरमा अहिले धरान २ र ३ नम्बर वडाले चित्र शाला र कविता गोष्ठी गर्दै गरेको धरान उपमहानगरपालिकाका सूचना अधिकारी खगेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार आज साँझ ५ बजे भानुचौकमा दीपावली गरिने छ ।

तस्बिरहरु : खगेन्द्र खतिवडाको फेसवुकबाट

Dharan-Day-7