धरान : इटहरी अस्पतालमा भिडियोएक्सरे सेवा सुरु गरिएको छ ।

इटहरी अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र बरालले भिडियो एक्स-रे सेवाको शुभारम्भ गरे ।
इटहरी अस्पतालमा निजी स्वास्थ्य संस्थाहरुको भन्दा करिब आधा अर्थात् ६ सय रुपियाँमै भिडियो एक्स-रे गरिने इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनिष शर्माले जानकारी दिए ।

इटहरी अस्पतालमा आएका बिरामीलाई भिडियो एक्सरेका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता हटेकोमा वडा नम्बर ९ का वडा सदस्य गणेश खत्रीले खुसी व्यक्त गरे ।

आफूहरूले जनप्रतिनिधिका रूपमा कार्यकाल सुरु गरे यता इटहरी अस्पतालको स्तरोन्नतिमा उल्लेख्य कार्य गरेको वडा नम्बर ९ का वडाध्यक्ष एवं इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बरालले दाबी गरे ।

अस्पतालका इमरजेन्सी इन्चार्ज राम कुमार धमलाले इटहरी अस्पतालको सेवालाई सहज बनाउन भिडियो एक्स(रे खरिद गरी उपलब्ध गराएकोमा इटहरी उपमहानगर र अस्पताल समितिको नेतृत्वलाई धन्यवाद दिए ।