धरान : नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन् ।

धरानको सेछ होटलमा भएको युनियनको भेलाले नेपाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । उनी यस अघि युनियनको सचिव पदमा रहेका थिए ।

यसै गरी समितिको उपाध्यक्षमा पारस राई, सचिवमा शान्ता निरौला दाहाल, सह–सचिवमा सङ्गीता राई, कोषाध्यक्षमा वसन्त राई र सदस्यमा रोहित कुलुङ, सुविक्षा राई र संजिता धमला चयन भएका छन् । भेलाले निवर्तमान अध्यक्ष शुक्रान्त राईलाई जिल्ला सदस्यमा मनोनयनका लागी सिफिरीस गरेको छ ।

भेलाले तिन सदस्य रहेको सल्लाहकार समिति समेत चयन गरेको छ । निवर्तमान अध्यक्ष शुक्रान्त राई, लक्ष्मण थापा र विनय प्रधानलाई सल्लाहकारमा चयन गरेको हो ।

भेलामा वरिष्ठ पत्रकार हर्ष सुब्बा , प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारी , गणेश निरौला वर्तमान अध्यक्ष पवन अधिकारी लगायत युनियनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

Press-Union-Dharan