विराटनगर : प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २९ हजार नाघेको छ ।

आज १६ जना संक्रमित थपिए सँगै सङ्क्रमितको सङ्ख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, सङ्खुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, तेह्रथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्बुमा ३७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङ्क सङ्कलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाले बताए । उनका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भए सँगै २८ हजार ७३७ जना सङ्क्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६८४, सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२, उदयपुर ४८२, इलाममा ४४७, सङ्खुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ तेह्रथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्बुमा ३५ जनासंक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाहिरका ९३७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल होमआईसोलेसनमा ६५८ रहेका छन् ।

प्रदेश १ मा आज सम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।