धरान : इलामको देउमाई नगरपालिका ८ आमबोटेका ३३ वर्षीय सुवास राई श्रीमती हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

आज बिहान साँढे ५ बजेको समयमा राईले सामान्य घरायसी वादविवादको विषयलाई लिएर आफ्नै श्रीमती २७ बर्षीया नम्रता राईलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त भयसँगै प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिएको हो ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय इलामबाट अनुसन्धान अधिकृत सहितको टोली खटी गई अन्य थप अनुसन्धान भइरहेको छ ।