झापा : झापाको कन्काई नगरपालिका ५ मा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

सोमवार दिउँसो ३ बजेको समयमा बा २ ख ९२८४ नम्बरको टिपरले को ६ प २०८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक झापा गाउँपालिका ३ का १९ वर्षीय सागर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।