धरान : छुरा प्रहार गरेर नगद तथा अन्य सामान लुटपाट गरी फरार भएका दुई जना प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेमा इनरुवा १ मा बस्दै आएका २२ वर्षीय गजेन्द्र प्रसाद ठाकुर र २१ वर्षीय मुकेश मण्डल रहेका छन् ।

पुस १७ गते बिहान अन्दाजी साढे ६ बजे इनरुवा नगरपालिका वडा नं।९ मा अज्ञात २ जना इनरुवा नगरपालिका वडा नं। २ बस्ने अजय पण्डितलाई छुरा प्रहार गरी नगद तथा मोबाइल लुटपाट गरी फरार भएका थिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।