झापा : झापामा भएको सवारी दुर्घटनामा सुनसरीको बराहक्षेत्र-७ का २९ वर्षीय ज्ञानेन्द्र तामाङको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीमा आज बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ६०९८ नम्बरको बसले अर्को बसलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आएको प्रदेश १-०२-०४३प ९२१८ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।

मोटरसाइकलमा सवार घाइते तामाङको बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार इटहरी १ की सलिना राई गम्भीर घाइते भएकी छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।