चतरा : नेपाली काँग्रेस केन्द्रीय राज्य प्रशासन विभाग सदस्य तथा महासमिति सदस्य बाबुराम विष्टले नेपाली काँग्रेस वराह क्षेत्रमा अब सङ्गठित भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।

नेपाली काँग्रेस वडा नं ७ कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै गत स्थानीय तहमा मेयरको प्रत्याशी समेत रहेका विष्टले अव हामी आन्तरिक कुरालाई मिलाउँदै सङ्गठन सुदृणीकरणमा लाग्नु पर्ने बताए ।

प्रमुख अतिथि रहेका विष्टले भने 'स्थानीय तहमा काँग्रेसले नेतृत्व नहुँदा सङ्घीय सांसदको पहलमा आएका विकास निर्माणलाई समेत कम्युनिस्टहरुले गलत प्रचार गरेर जनतालाई झुक्याइरहेको छ। अब हामी एक हुने बेला आएको छ । यसकालागि पाटि प्रवेशदेखि प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिनु पर्छ ।'

उनले अब आगामी निर्वाचनमा वराहक्षेत्र नगरपालिकामा काँग्रेसले जित्ने गरी सङ्गठन गर्नुमा समेत जोड दिए । कम्युनिस्ट झुटो बोल्न माहिर र भ्रष्ट्राचारी भएको आरोप समेत हुनले लगाए ।

विष्टले कार्यकर्ताहरु बिच भएको वेमलताको अन्त्य गर्ने सबै लाग्नु पर्ने बताए । अब काँग्रेस सरकारमा भन्दा पनि आगामी निर्वाचनमा कसरी जित्न सकिने योजना र लक्ष्य सहित नेता तथा कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिए ।

कम्युनिस्ट भनेको जनमुखी भन्दा पनि भ्रष्ट्राचारी हुन्छन् भन्ने प्रमाण केपी ओलीलाई प्रचण्ड, माधव नेपालले लगाएको आरोपबाट प्रस्ट हुने बताउदैं काँग्रेसले मात्र जनताको काम र सपना पूरा गर्ने दाबी गरे । उनले कम्युनिस्ट जनता झुक्याउन सिपालु हुने भन्दै सचेत रहन आग्रह गरे ।

कार्की भवनमा आयोजित कार्यक्रममा नेपाल महिला सङ्घ केन्द्रीय सदस्य तथा महा-समिति सदस्य अनु गुरुङ , नेपाली काँग्रेस क्षेत्र नं ४ सचिव रमेश कार्की, नेपाल महिला सङ्घ वराहक्षेत्र सभापति छबिना मगर, तरुण दल वराहक्षेत्र सभापति पवन चाम्लिङ, काँग्रेस नेता कुलबहादुर तामाङ लगायतले आफ्नो धारणा राखेका थिए ।

वडा सभापति केशव निरौलाको सभाध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य मुना अधिकारी, नगर सचिव प्रेम प्रसाईँ लगाएका नेता, नेपाल प्रेस युनियन वराहक्षेत्र सभापति सङ्गम विष्ट ,कार्यकर्ता तथा क्रियाशील सदस्यहरुको उपस्थिति रहेको थियो ।