धरान स् धरान प्रहरीले खैरो हेरोइन ओसारपसारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

हिजो ३ बजेको समयमा धरान ८ हरियालीमा को २० प ६४११ नम्बरको स्कुटरमा सवार रहेका धरान ८ अरुण टोल बस्ने वर्ष ३७ को शुक्रराज मोक्तान र धरान १९ बस्ने वर्ष ३० को दिपेश श्रेष्ठलाई शङ्का लागि उनीहरूको शरीर चेक जाँच गर्दा उनीहरू मध्ये स्कुटर चालक शुक्रराज मोक्तानले लगाएको ज्याकेटको बायाँ तर्फको गोजीमा लुकाई छिपाई बोकेको खैरो हेरोइन ९ ग्राम फेला परेको थियो ।

पक्राउ गरी सोधपुछ गर्दा दुवै जनाको मिलेमतोमा सो खैरो हेरोइन ओसार पसार गरेको खुलेको प्रहरीले जनाएको छ ।

यसै गरी हिजो १ बजेर ५० मिनेटमा धरान ६ पानबारी स्थित धरान केराबारी सडक खण्डमा चेकजाँचमा खटिएको प्रहरी टोलीले केराबारीतर्फबाट धरानतर्फ आउँदै गरेको को १६ प ९७९२ नम्बरको पल्सर मोटरसाइकलमा सवार रहेका धरान १५ अरुण टोल बस्ने वर्ष ३० को प्रेम तामाङ र धरान ८ बस्ने वर्ष २४ को जोन तामाङलाई शङ्का लागि उनीहरूको शरीर चेक जाँच गर्दा उनीहरू मध्ये मोटरसाइकल चालक प्रेम तामाङले लगाएको हेलमेट भित्र लुकाई छिपाई बोकेको खैरो हेरोइन १ ग्राम फेला परी सोधपुछ गर्दा दुवै जनाको मिलेमतोमा सो लागू औषध ओसार पसार गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरू चारै जनालाई आजै सुनसरी जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।