धरान : नेपाली काँग्रेसको केन्द्रीय निर्णय अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको असैंवधनिक कदमको विरुद्धमा सुनसरीको निर्वाचन क्षेत्र १ मा विरोध सभा गर्ने भएको छ ।

सो विरोध सभाको लागि नेपाली काँग्रेस निर्वाचन क्षेत्र १ 'क' का सभापति धन बहादुर कटुवालको संयोजकत्वमा ५ सदस्यीय विरोध सभा व्यवस्थापन समिति गठन भएको नेपाली काँग्रेस सुनसरीका जिल्ला सदस्य किशोर राईले जानकारी दिए ।

समितिको अन्य सदस्यहरूमा सुदिप उप्रेती, सुवर्ण पलिखे, देउमान ताप्मादेन र नवीन ढकाल रहेका छन् ।

नेपाली काँग्रेस सुनसरी निर्वाचन क्षेत्र १ 'क' को धरान १२ को अमन बजारको कार्यालयमा आज बसेको बैठकले पुस २५ गते सुनसरी निर्वाचन क्षेत्र १ मा माघ ३ गते धरान उपमहानगरपालिकामा र पुस ८ गते सबै पालिकाको वडाहरूमा विरोध सभा गर्ने राईले बताए ।