पथरी : गत साता ओछ्यानमै मृत फेला परेका पथरी शनिश्चरे-१० का बाल अधिकारकर्मी संजिव भण्डारीको शव परीक्षणको प्रारम्भिक रिपोर्टमा टाउकोमा देब्रेपटिको भागबाट दिमाग (ब्रेन) मा जाने नसा फुलेर फुटेको अवस्था रहेको रिपोर्ट आएको छ ।

फाइनल रिपोर्ट भिसेरा परीक्षणको रिपोर्ट आएपछि मात्रै आउने इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिए । गिरीले भने 'पोस्टमार्टमा खटिएका डाक्टरका अनुसार यस्ता मृत्यु २ कारणले हुने बताइएको छ।'

मृत्युको कारण चिर्पट वा रड जस्ता भारी बस्तुले प्रहार गर्दा कि चाहिँ तत्काल हुने हाइपर टेन्सनका कारणले हुन्छ भण्डारीको रिपोर्ट अनुसार त्यस्तो कुनै पनि बस्तुले प्रहार गरेको चोट पटक पाइएको छैन गिरिले भने 'प्रारम्भिक रूपमा हेर्दा हाइपर टेन्सन नै हो की भन्ने पाइएको छ ।’ यसरी नसा फुटेको अवस्थामा तत्काल अस्पताल पुर्याउन सकिएन भने मानिस बचाउन नसकिने कुरा पनि डाक्टरले बताएको कुरा गिरीले जानकारी दिए ।

हाल पेन्डिङमा नै रहेको रिपोर्ट भिसेरा परीक्षण पछि मात्रै आइपुग्ने गिरीको भनाइ छ । भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाइएको गिरीले जानकारी दिए । भिसेरा पछि खानामा कुनै अखाद्य बस्तु, बिस सेवन लागएतका केही भएमा त्यो पनि आउने छ ।

भण्डारीले प्रयोग गरेको मोबाइल सेट पनि परीक्षणका लागि ल्याबमा पठाइएको गिरीको भनाइ छ । अदालतको अनुमति पछि भण्डारीको कल डिटेल समेत पठाइसकिएको गिरीले जानकारी दिए । यस विषयमा परिवारका सदस्यहरूलाई समेत हालसम्म आएको यथार्थ जानकारी दिइएको र अब केही दिनमा नै भण्डारीको पूर्ण रिपोर्ट प्राप्त हुने गिरीले जानकारी दिए ।

१९ वर्षीय भण्डारीको शव सोही वडाका युवराज बास्कोटाको घरमा पुस १४ गते बिहान फेला परेको थियो । राम्रो सम्बन्ध भएका कारण लामो समयदेखि आउने जाने गर्ने भण्डारी केही समय देखि बास्कोटा कै घरमा बस्दै आएका थिए