इटहरी : अनेरास्ववियू सुनसरीको संयोजकमा रोशन रेग्मी चयन भएका छन् ।

इटहरीमा सम्पन्न जिल्ला भेलाले रेग्मीलाई संयोजक र नवराज खडकालाई सह–संयोजक चयन गरेको हो ।

भेलालाई सम्बोधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सामाजिक विकाश मन्त्री हिक्मत कार्कीले मुलघारको नेकपामा सङ्गठित हुन विद्यार्थीहरू निर्देशन समेत दिए ।

भेलालाई नेकपाका केन्द्रीय सदस्यहरू रेवती रमण भण्डारी, मुरारी सुवेदी, मोतीराज सुनुवार र अनेरास्ववियू केन्द्रीय कार्यालय सदस्य समिक बडालले सम्बोधन गरेका थिए ।

भेलाले निर्वाचनको माहौल बनाउन केन्द्रित हुने प्रस्ताव पारित गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य जीवी गजलले बताए ।

नका अनुसार अनेरास्ववियू सुनसरीले स्थानीय तहहरूको संयोजक र सह-संयोजक समेत तोकेको छ । इटहरीको संयोजकमा युनिश ढकाल, सह-संयोजक नेत्र विष्ट, धरानको संयोजकमा अदितश्री अधिकारी, सह-संयोजक एनिस रेग्मी, इनरुवाको संयोजकमा असीम आर्चाय, सह-संयोजक चिरञ्जीवी आर्चाय रहेका छन् ।

यसैगरी वराह क्षेत्रको संयोजकमा सुबोध डोटेल, सह-संयोजक पूजा सुवेदी, दुहबीको संयोजकमा अनोज कटुवाल, सह-संयोजक विप्लव रिजाल, भोक्राहा नरसिंहको संयोजक अज्मोल अन्सारी, सह-संयोजक खालिद अन्सारी र बर्जूको संयोजकमा सद्धाम हुसेन अन्सारी र सह-संयोजक मोजाहिद मिया रहेका गजलले बताए ।

Roshan-Regmi--1