धरान : झापाको मेची नगर नगरपालिका १० धुलाबारीबाट लागु औषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० का २८ वर्षीय सन्तोष कुमार शर्मालाई २/६ ग्राम लागु औषध ब्राउसुगर सहित बुधवार अपराह्न साँढे ४ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका शर्माको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।