धरान : गए राती मोरङमा बस दुर्घटना हुँदा बस चालक घाइते भएका छन् । 

प्रहरीका अनुसार राती ११ बजे विराटनगर ३ बरगाछी स्थित कोशी राजमार्गमा विराटनगर बसपार्कबाट उत्तरतर्फ ना ५ ख ३५०३ नम्बरको  सहचालक कोशी गाउँपालिका वडा नम्बर ७ भाण्टारी बस्ने वर्ष २४ को रक्कु भन्ने राकेश कार्कीले मादक पदार्थ सेवन गरी चलाई ल्याएको अवस्थामा को १ ख ५२४१ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । 

दुर्घटना हुँदा  सोही स्थानमा रहेको बिजुलीको पोल भाँचिनुका साथै एसबिआई बैकको एटिएम सटर, सोही स्थानमा रहेको न्यु युनिक होटल साथै उक्त स्थानमा रहेको सिसी टिभीको केवल र पावर केवल समेत क्षति  भएको प्रहरीले जनाएको छ । 

दुर्घटना  थप महानगरपालिकामा रहेको सिसी टिभी समेत अवरुद्ध भएको छ । उक्त घटनामा चालक कार्की घाइते भई विराट नर्सिङ होममा अहिले उपचाररत रहेको प्रहरीले जनाएको छ ।