विराटनगर : प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीमा ९, मोरङमा ५, झापामा ४ र तेह्रथुममा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, मोरङको विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १–१ र तेह्रथुमको म्याङ्लुङका १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ९४७ पुगेको छ । सक्रिय संक्रमित ३२९ जना छन् ।

प्रदेश १ मा आज ३६३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोबेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार १५५ पुगेको छ ।