धरान : जनता समाजवादी पार्टीले संसद् विघटनको देशै भरी विरोध सभा गर्ने निर्णयसँगै धरानमा माघ ३ गते विरोध सभा गर्ने भएको छ ।

बिहीबार जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको कार्यालय शान्ति पथमा माघ ३ गतेको विरोध सभाको लागि आवश्यक तयारी बैठक बसेको छ । बैठकले विभिन्न समिति उपसमितिहरू गठन गरेको छ ।

बैठकले केन्द्रीय सदस्य खालिद हुसेन हकको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । सह संयोजकमा केन्द्रीय सदस्य दुर्गामाया लिम्बू छन् भने समितिको सदस्यहरूमा ध्रुव सुब्बा इटहरी, सन्तोष मेहेता इनरुवा, केन्द्रीय सदस्य उमेश थापा,रञ्जित गोस्वामी दुहबी, बिना पुमा राई, नरेश थापा, मिलन राई धरान तोकिएको छ ।

त्यसै गरी विरोध सभाको प्रचार प्रसार उपसमितिमा केन्द्रीय सदस्य सुनिता मरिकको संयोजकत्वमा ११ सदस्यीय गठन गरेको छ । सदस्यहरूमा हंस साह, तारा पोखरेल, अनुप सुब्बा, नरेश बिक, प्रदीप कार्की, चन्दन रौनियार, निमा पोङ्स्युवा, बिना डी तामाङ, सूर्य नारायण यादव, दीपेन्द्र यादव रहेका छन् ।

त्यसै गरी केन्द्रीय सदस्य पदम अधिकारीको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरेको छ । जन परिचालन उपसमितिको सदस्यहरूमा सुनसरीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय परिषद् सदस्यहरू,प्रदेश समिति सदस्यहरू,राष्ट्रिय समिति सदस्य पदाधिकारीहरू, जिल्ला समितिका अध्यक्ष, सुनसरी जिल्लाका स्थानीय अध्यक्षहरू, सुनसरी जिल्लाबाट केन्द्रीय समिति र प्रदेश समितिका जन सङ्गठनका सदस्यहरू, धनकुटा जिल्ला र उदयपुर जिल्लाका अध्यक्षहरू,बेलका नगर समितिका अध्यक्ष, सागुरिगढी र चौबिसे नगर समितिका अध्यक्ष रहने निर्णय भएको छ ।

मूल ब्याबस्थापन समितिको सदस्य सचिवमा केन्द्रीय सदस्य जेन्टल लावतीलाई जिम्मेवार दिएको छ भने जनपरिचालन उपसमितिको सदस्य सचिव धरान उपमहानगर समितिका अध्यक्ष ताजुप लिम्बुलाई तोकिएको छ ।

सम्पूर्ण तयारी पछि पौष २८ गते पत्रकार सम्मेलन मार्फत जानकारी गराउने निर्णय गरेको छ । नेकपाको बहुमतको सरकार केपी शर्मा ओलीले पौष ५ गते संसद् विघटन गरेको कदम विरुद्ध २५ गतेदेखि दोस्रो चरणको आन्दोलन देशव्यापी विरोध सभा गर्दै छ ।