पथरी : पथरी नगरलाई रेबिज मुक्त गराउने अभियान अन्तरगत पथरीशनिश्चरे नगरपालिकाले नि:शुल्क रेबिज खोप अभियान सुरु गरेको छ ।

नगरभित्रका घर पालुवा र सामुदायिक कुकुर र बिरालोमा रेबिज रोग विरुद्धको खोप लगाउन थालिएको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपक्षी शाखामार्फत घरपालुवा कुकुर र बिरालोका लागि रेबिज विरुद्ध खोप लगाउने कार्यक्रम अन्तरगत बिहीबार वडा नम्बर १ र १० मा कार्यक्रम  सञ्चालन गरिएको छ ।

पथरी शनिश्चरेलाई रेबिजमुक्त नगर बनाउने लक्ष्य सहित थालिएको खोप अभियानमा आज दोस्रो दिन ५४ वटा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको पशुपक्षी शाखाका प्राविधिक पर्वत साहले जानकारी दिए । 

१० नम्बरमा कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्यले र १ नम्बरमा पशुपक्षी शाखा प्रमुख हेमचन्द्र दाहालले कुकुर धनीलाई खोपको कार्ड वितरण गरे। 

पहिलो दिन बुधवार वडा नम्बर ४ र ९ मा गरी ६२ वटा कुकुर र ४ वटा बिरालोलाई खोप लगाइएको थियो । 

२४ गते २ र ३, २६ गते ५ र ६, २७ गते ७ र ८ नम्बर वडामा खोप लगाउने कार्यक्रम छ । खोप लगाउने कार्य वडा कार्यालयको प्राङ्गणमा सञ्चालन गरिने छ ।