विराटनगर : प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङ र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ५, सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जू र इटहरीमा १–१, झापाको बिर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ९६६ पुगेको छ । सक्रिय संक्रमित २९७ जना छन् ।

प्रदेश १ मा आज ५१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७, नोबेल मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हाल सम्म डिस्चार्ज हुनेको सङ्ख्या २९ हजार ६०२ पुगेको छ ।

प्रदेश १ मा आज २३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ३२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।